छोराद्वारा आमाको हत्या

लोकपथ
315
Shares

काठमाडौं । भोजपुरमा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्

आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?