जनताले कांग्रेसको एकलौटी सरकार चाहेका छन् : संग्रौला

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनै पनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरुले नै कांग्रेस बचाएको टिप्पणी गरेकी छन् । ती कार्यकर्ताले अब देशमा कांग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ ।

नेता संग्रौलाले देशभरका कार्यकर्ताहरुले पद, प्रतिष्ठा भन्दा पनि बलियो कांग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन् । आइतबार नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा कांग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन् । 

चुनाव जित्नेहरुले आफूलाई सर्वैसर्वा ठान्ने र हार्नेहरुले दोषारोपण गर्ने प्रवृति हाबी हुँदा कांग्रेसको भविष्य संकटमा पर्ने चिन्ता थपिएको उनको भनाइ छ । उनले नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन् ।

‘आज चुनाव जित्ने जनप्रतिनिधिहरुले आफू पपुलर भएर र सर्वैसर्वा भएर चुनाव जितेको दाबी गर्छन् । तर पार्टीसँगको सम्बन्ध बिगारेका छन् । टिकट पाएर हार्नेहरु फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन् । पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,’ उनले भनिन् । उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा कांग्रेसीहरु दुरदराजमा बसेर संगठन बनाइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?