तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमण, ९ जनाको मृत्यु

लोकपथ
103.2k
Shares

भारत। तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

भारतको जम्मू कश्मीरको रियासी जिल्लामा आइतवार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो । बसमा रहेका तीन महिलासहित नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका थिए । ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?