मधेशमा मन्त्रिपरिषद् विस्तार, शपथ केहीबेरमा

लोकपथ
91
Shares

काठमाडौं । मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १६ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?