प्रधानमन्त्री दाहाल दिल्लीमा, विशेष सचिवद्वारा स्वागत

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरे ।

प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले आइतबार साँझ सवा सात बजे पद तथा गोपनीयताको सपथ लिनेछन् ।

शपथपछि मोदीसँग भेटवार्ता हुने छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?