सवारी दुर्घटनामा २ जनाको मृत्यु

लोकपथ
322
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

रौतहटको गरूडा नगरपालिका–५ महमदपुरस्थित सडकमा प्र.०२–०३–००१ स २९४९ नम्बरको अटो र बीआर ०५ एजेड २००८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा शनिवार राति मृत्यु भएको हो । फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी जुम्लाको पातारासी गाउँपालिका–५ तली लोर्पास्थित सडकमा क.१ प २०७७ नम्बरको मोटरसाइकल सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय मिन बहादुर बुढा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा शनिवार राति मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?