४२ किलो लागुऔषध बरामद

लोकपथ
91
Shares

काठमाडौं । बाराबाट करिब ४२ किलो अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ३२ किलो आइतवार बिहान प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्र.०३–००२ प ५८५४ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी बाराकै सिम्रौनगढ नगरपालिका–१ हनुमानचोकबाट अवैध लागुऔषध गाँजा १० किलो शनिवार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ नयकाटोलबाट भारततर्फ जाँदै गरेको बिआर ०५ सी ७०५४ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

प्रहरीले हाल फरार दुबै मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?