जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखहरूको बिचमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका–६ बस्ने ५२ वर्षीय धुबु देवकोटासमेत ७ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३१ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित शनिवार बेलुकी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?