वुद्धचित्तको दाना जोगाउन ड्रोनमार्फत प्रहरीको निगरानी

लोकपथ
203
Shares

काठमाडौं । वुद्धचित्तको दानाको संरक्षण तथा सुरक्षाका लागि प्रहरीले ड्रोनमार्फत निगरानी बढाएको छ । काभ्रे प्रहरीले वुद्धचित्त पाइने स्थानहरूको सुरक्षा व्यवस्थापन गर्न ड्रोनमार्फत निगरानी बढाएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेले स्थानीय तहसँगको सहकार्यमा आफ्नो क्षेत्रभित्र रहेका स्थानहरूको ड्रोनमार्फत निगरानी र सुरक्षा व्यवस्थापन बढाएको हो ।

काभ्रेका विभिन्न स्थानमा यसअघि वुद्धचित्तको रुख नै काटिदिने तथा लुटपाट हुने समस्या बढेपछि प्रहरीले ड्रोनको सहायताबाट समेत निगरानी बढाई सुरक्षा प्रदान गरेको हो ।

त्यसबाहेक वर्षाका समयमा हुनसक्ने विपद्का घटनाहरूको अनुगमन गर्नसमेत यस्ता उपकरणको प्रयोग गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?