हुथी विद्रोहीद्वारा एडेनको खाडीमा रहेको व्यापारीक जहाजमा मिसाइल आक्रमण

लोकपथ
63
Shares

काठमाडौं । बेलायती सुरक्षा फर्म एम्ब्रेले आइतबार एडेनको खाडीमा रहेको एक व्यापारी जहाजमा मिसाइल आक्रमण भएको दाबी गरेको छ । आक्रमणका कारण जहाजमा आगो लागेको थियो । तर, जहाजका चालक दलले आगो नियन्त्रणमा लिएका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यो हमला यमनबाट आएको र यसको पछाडि हुथी विद्रोहीको हात रहेको आशंका गरिएको छ । क्षेप्यास्त्र आक्रमणका कारण जहाजमा आगलागी भएको बेलायतको मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ)ले जहाजका क्याप्टेनले घटनाबारे जानकारी दिएको बताएको छ ।

जहाजलाई यमनको नजिक अडेनको खाडीमा ८० समुद्री माइल दक्षिण पूर्वमा आक्रमण गरिएको थियो। हुथी विद्रोहीहरूले विगत केही महिनादेखि लाल सागर, अडेनको खाडी र अरब सागरमा रहेका व्यापारी जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। हुथी विद्रोहीहरूले गाजामा इजरायलको आक्रमण र प्यालेस्टिनी जनताको समर्थनमा यी आक्रमणहरू गरिरहेको बताइएको छ । आक्रमणमा कुनै हताहत वा ठूलो क्षति भने भएको छैन् ।

हुथी विद्रोहीहरूले लामो समयदेखि जहाजमा आक्रमण गर्दै आएका छन् हालै हुथी विद्रोहीले यमनमा संयुक्त राष्ट्रसंघका नौ जना कर्मचारीलाई अपहरण गरेका थिए । पक्राउ परेका सबै यमन मूलका हुन् ।

अमेरिका र बेलायतले पनि हुथी विद्रोही विरुद्ध संयुक्त कारबाही सुरु गरेका छन् र यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेका छन् । यद्यपि, यसका बावजुद पनि हुथी विद्रोहीहरू आफ्नो गतिविधिबाट पछि हटेका छैनन् र अन्तर्राष्ट्रिय शिपिंग मार्गहरू हुँदै जाने व्यावसायिक जहाजहरूलाई निशाना बनाउँदै आएकाछन्।

हुथी विद्रोहीको आक्रमणका कारण धेरै व्यापारी जहाजहरू अफ्रिका हुँदै लामो बाटो लागिरहेका छन्। जसका कारण मुद्रास्फीति पनि बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?