विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी, केही गाडीमा तोडफोड

लोकपथ
112
Shares

काठमाडौं । आफ्ना साथीहरु पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रेका महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज क्याम्पसकै अगाडि सरकारी गाडी जलाएका छन् । उनीहरुले सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गरेपछि आगजनी गरेका हुन् ।

आगजनी भएको गाडीको विवरण खुलिसकेको छैन । यसका अलावा विद्यार्थीहरुले थप ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।


निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगेली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेको थियो । लगत्तै प्रहरीले ६ जना विद्यार्थी पक्राउ गरेको थियो ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ । त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?