राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट, भ्रमणबारे जानकारी

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार नयाँ दिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?