२८ गते विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

लोकपथ
168
Shares

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।

सोही छलफलका लागि बिहीबार काठमाडौं आएका मुख्यमन्त्री पाण्डेले सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?