१६ मङ्सिर २०८०, शनिवार

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार

२०७४,कार्तिक,१४,मंगलवार ०१:३५

0
Shares

काठमाडौँ, १४ कात्तिक- एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो माओवादी केन्द्रसँग वाम गठबन्धन कार्यदलमा टुंगिएर प्रतिनिधिसभातर्फ आफ्नो भागमा परेका ६८ सिटमध्ये ३५ उम्मेदवारको नाम एमालेले टुंग्याएको छ । बैठकले प्रदेश नम्बर ७ का उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । ६ नम्बर प्रदेशमा पनि छलफल भए पनि निर्णय भएको छैन । बाँकी प्रदेशहरूका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाइने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए, नयाँ पत्रिकामा खबर छ एमालेले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सूचीमा सबैभन्दा अगाडि जनजाति पुरुष र जनजाति महिला, त्यसपछि क्रमशः खस आर्य पुरुष र महिला, मधेसी पुरुष र महिला, दलित पुरुष र महिला तथा अन्तिममा मुस्लिम समुदायको उम्मेद्वारहरूको सूची छ । विजय सुब्बाबाट सुरु भएको नाम मुस्लिम महिला कलिला खातुनमा टुंग्याउँदै एमाले जनजाति पुरुषबाट सुरु भएर मुस्लिम पिछडिएको क्षेत्र र अल्पसंख्यकलाई अन्य क्लस्टरमै मिलाउने गरी सूचीमा नाम राखिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३