मधेश प्रदेश : नयाँ सरकार गठन गर्न आज दाबी पेश गरिँदै

लोकपथ
0
Shares

काठमाडौं । जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि आज मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले दावी पेस गर्ने भएका छन् ।

हिजो जनमत पार्टीलाई ठूला पार्टीहरुको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यसपार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरुको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने दावी पेश गर्ने तयारी गरेका छन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिईन् ।

११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, उर्जा तथा सिंचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?