१९ मङ्सिर २०७९, सोमवार

काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो

२०७४,कार्तिक,१४,मंगलवार ०१:३०

9
Shares

काठमाडौँ, १४ कात्तिक- दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् त्यसमध्ये पावर चाइना (सिनो हाइड्रो)का उच्च प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरलाई भेटेरै प्रस्ताव राखेका छन् । रेलवे कम्पनीका प्रतिनिधि भने सुरुङमार्गको स्थलगतसहित सम्पूर्ण प्रतिवेदन अध्ययन गरी चीन फर्किएका छन्, नयाँ पत्रिकामा खबर छ मन्त्री बलायरले सुरुङमार्ग निर्माण सम्बन्धमा पावर चाइनका प्रतिनिधिसँग गहन छलफल भएको बताए । ‘काठमाडौं–कुलेखानी–हेटाैँडा सुरुङमार्ग निर्माण ढिला भइरहेको थियो । अब यसलाई स्थगित नै गर्ने भन्ने मनस्थितिमा सरकार पुगेको थियो । यही समयमा सुरुङमार्ग निर्माणमा चासो देखाउँदै भेट्न आएका पावर चाइनाका प्रतिनिधिसँग छलफल भएको छ । उनीहरूको प्रस्तावमा विश्वस्त हुने केही आधार भेटिएका छन्,’ उनले भने ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०१:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको साविक ठुलोसिरुबारी गाविस वडा नम्बर ३ हाल परिवर्तित

झापा । झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यसै वर्षदेखि सुरु गरिएको यो

काठमाडौं । अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालको आयोजनामा मंसिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्कील’ प्रोजेक्ट आइतवार सम्पन्न भएको छ

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८