दुर्गा प्रसाईको मेडिकल कलेज दर्ता गर्न सर्वोच्चको परमादेश

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईको मेडिकल कलेज दर्ता गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले यसअघि गरेको फैसलाको पूर्णपाठमा परमादेशसमेत जारी गरेको हो ।

फैसलामा आगामी शैक्षिक सत्रमा एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना गर्न पाउने गरी १५ दिनभित्र मेडिकल कलेज दर्ता गर्न परमादेश जारी भएको छ ।

सर्वोच्चको फैसलासँगै झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजले एमबीबीएस अध्यापनको स्वीकृति पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?