हेयर एण्ड शान्ति र प्रभु बैंकबीच सम्झौता

लोकपथ
161
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं कमलादि स्थित हेयर एण्ड शान्ति र प्रभु बैंक लिमिटेड बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

जसमा Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure जस्ता सेवाहरु रहेका छन् ।

एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशत सम्म छुट प्राप्त गर्न बैंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले प्रभू बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

उक्त समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?