साउदीद्वारा भिजिट भिसामा कडाइ, समयमै नफर्किए ६ महिना जेल र ५० हजार रियाल जरिवाना

लोकपथ
35
Shares

काठमाडौं । साउदी पब्लिक सेक्युरिटीले भिजिट भिसामा साउदी पुगेर समयमै नफर्किए ६ महिना जेल र ५० हजार रियाल जरिवाना गर्ने भएको छ । जो कोहीले भिजिट भिसामा साउदी आएर नफर्किए उनीहरूले धेरै जरिवानाको सामना गर्नुपर्ने साउदी पब्लिक सेक्युरिटीले जनाएको छ ।

सबै प्रकारका भिजिट भिसा भएकाहरूलाई भिसाको म्याद सकिनुअघि नै साउदी छाड्न सुरक्षा अधिकारीहरूले निर्देशन दिएका छन् ।

साउदी पब्लिक सेक्युरिटीले सबै प्रकारका भिजिट भिसा भएकाहरुलाई पवित्र सहर मक्कामा प्रवेश गर्न वा बस्न अनुमति नभएको पनि जनाएको छ । उसले कानुन उल्लंघन गर्ने व्यक्ति विदेशी भएमा डिपोर्ट गरिने पनि जनाएको छ ।

साउदीको आन्तरिक मन्त्रालयले हालै घोषणा गरेनुसार नियम उल्लंघन गर्ने साउदी नागरिक, प्रवासी र आगन्तुकहरूलगायत हज अनुमति बिना मक्का प्रवेश गर्ने क्रममा २५ जुनसम्मको अवधिमा पक्राउ परेकाहरूलाई १० हजार रियाला जरिवाना लगाउने जनाएको छ । पवित्र सहर मक्का, सेन्ट्रल हराम क्षेत्र, मिनाको पवित्र स्थल, अराफात र मुजदलिफा, रुसाइफाहको हरामेन रेल स्टेसन, सुरक्षा नियन्त्रण केन्द्रहरू, तीर्थयात्रीहरूको समूहमा हज अनुमति बिना पक्राउ परेका जो कोहीलाई जरिवाना गरिनेछ ।

यस सम्बन्धमा मन्त्रालयले जारी गरेको नियम र निर्देशन उल्लंघन नगर्न र गर्नेलाई जरिवाना गरिने जनाएको छ । सार्वजनिक सुरक्षाले मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा टोल फ्री नम्बर ९११ र बाँकी क्षेत्रहरूमा ९९९ नम्बरमा कल गरेर आवास, श्रम, र सीमा सुरक्षा नियमहरूको उल्लंघन गर्नेहरूको बारेमा रिपोर्ट गर्न पनि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?