स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चारजना चिनियाँ पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधवार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु छन् ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा रकम बरामद भएपछि प्रहरीले ट्याक्सीमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?