प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान

लोकपथ
0
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशका समकक्षी अबैदुल हसनको निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ बिहीबार बंगलदेश प्रस्थान गरेका हुन् ।

बंगलादेशमा आयोजना हुने न्यायिक प्रकृयासम्बन्धी अन्तर्राीष्ट्रय सम्मेलनमा भाग लिन उनी बंगलादेशको विमानमार्फत् ढाका प्रस्थान गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल पनि बंगलादेश गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?