सतीषकुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्दै, आजै दाबी पेश गर्ने तयारी

लोकपथ
161
Shares

जनकपुर । जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतीषकुमार सिंहलाई पठाउने भएको छ । जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादव र वसन्त कुशवाहमध्ये एक जना मुख्यमन्त्री बन्ने आँकलन भइरहेका बेला सो पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउन लागेको हो । सिंहको नाममा नयाँ गठबन्धनका मुख्य दल एमाले र माओवादीले समेत समर्थन गरेको बताइएको छ ।

स्रोतका अनुसार, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन आज बिहीबार नै दाबी प्रस्तुत गर्ने गठबन्धन दलहरुबीच तयारी भइरहेको छ ।

सिंह जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को १ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी सप्तरीको तिलाठी कोइलाडी नगरपालिकाका प्रमुखसमेत समेत भइसकेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मुख्यमन्त्री भएका सरोजकुमार यादवले बुधबार विश्वासको मत नपाएपछि सो प्रदेशमा नयाँ सरकार गठनको तयारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?