सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकरावले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् ।

बिहवार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाईजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पुरा गर्न आग्रह गरे ।

उनले भने,‘हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहंकार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पुरा गरोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?