आगामी अमेरिकी निर्वाचनपछि पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने पुटिनको भनाई

लोकपथ
156
Shares

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । पुटिनले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रमपछि ‘एसोसिएटेड प्रेस’लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन् ।

पुटिनले भने, ‘अमेरिकी जनताले जसलाई राष्ट्रपति चुन्छन्, हामी उहाँसँग काम गर्नेछौं ।’ यसअघि पुटिनलाई डोनाल्ड ट्रम्पसँग नजिक रहेको आरोप लाग्ने गरेको छ ।अमेरिकी चुनावमा रुसी ह्याकरहरुको प्रयोग हुने गरेको पनि चर्चा हुने गरेकाले पुटिनलाई ट्रम्पसँग जोड्ने गरेका थिए । तर, पुटिनले स्पष्टरुपमा अमेरिकी नेतृत्व जो आए पनि फरक नपर्ने भन्दै विगतका आरोपबाट पनि मुक्त हुन खोजेको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्लेषण् गर्न थालेका छन् ।

रुसी नेताले यस वार्षिक फोरममार्फत रुसको विकास देखाउने र लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयास गरेका थिए । पत्रकारहरूसँग भेटघाटहरू अघिल्लो सत्रहरूको भाग भए पनि, पुटिनले युक्रेनमा सेना पठाएपछि सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा पश्चिमी पत्रकारहरूको प्रश्नको जवाफ भने दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?