साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै

राजु खनाल साउदी अरव-सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदो १७ नोभेम्बर २०१७ शुक्रबारको दिन साउदी अरव आउदै छन् । “धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माण का लागि सहयोगार्थ ” गसर अल अरब को हल जाबेर रोड ,रियाद साउदी अरब मा सोहि दिन दिनको एक बजे वाट बिशेष सास्कृतिक कार्यक्रम हुदैछ पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्प्रेस को संयुक्त आयोजना मा हुन लागेको सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली )को बिशेष प्रस्तुतिका साथै अन्य चर्चित कलाकारहरु रबिन सुब्बा, दिपक बिक,राम तिवारी लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नृत्य, गित, गजल र हास्यब्यंग कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ नेपाली राजदूताबास साउदी अरबका राजदुत डा. महेन्द्र प्रसाद सिंहको बिशेष उपस्थितिमा हुने कार्यक्रम हेर्नका लागि रियाद अलखार्ज , दम्माम जुबेल जेद्दा अल कसीम लगायतका क्षेत्रबाट रोजगारको सिलसिलामा साउदी अरव आएका नेपालीहरुको बाक्लो उपस्थिति रहने पारिबारिक समाजका महासचिव अरुणकुमार बेलबासेले जनाएका छन् बेलबासेका अनुसार कार्यक्रम मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिनेछ सामाजिक अभियन्ता धुर्मुस सुन्तलीलाई कार्यक्रममा उपस्थित भई सम्मान गरिदिनका लागि साउदी अरेबिया बासी नेपालीहरुलाई आयोजक समितिले बिनम्र अनुरोध गरेको छ धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित सामाजिक संस्था हो । यसले कला, निर्माण र सचेतना मार्फत् नव नेपालको निर्माणमा बिभिन्न प्रभावकारी गतिबिधि गर्दै आएको छ भुकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पिडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकिकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको छ । तद् प्रश्चात पनि उक्त बस्तीको संरक्षण र स्थानियका आर्थिक सम्वृद्धिका लागि बिभिन्न कार्यहरु तथा क्रियाकलापहरु यस फाउण्डेशनले गदैं आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?