बजेट जति नै आए पनि देशमा केही नहुने सांसद गिरीको टिप्पणी

लोकपथ
49
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दिपक गिरीले बजेट जति नै आए पनि देशमा केही नहुने टिप्पणी गरेका छन् ।

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए ।

उनले भने, ‘बजेटहरु प्रस्तुत हुन्छन्, बजेटहरु आउँछन् जान्छन्, मुलुकमा केही हुँदैन । चाहे त्यो विष्णु पौडेल, जनार्दन शर्मा, प्रकाश शरण महत ल्याएको बजेट अथवा अहिले आएको बजेटको कुरा गरौं केही हुनेवाला छैन । हरेक वर्ष बजेटमा ठूला कुरा आउने गरेको छ । कृषि मलको कारखाना, निमार्णका योजना धेरैपटक आए केही भयो कहाँ गयो त्यो सरकारको बचन ।’

यस्तै, उनले बजेटमा आवश्यक बजेट व्यवस्था, आवश्यक बजेट विनियम र आवश्यक रकम व्यवस्था गर्ने भन्ने तीन वटा शब्दहरु जस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ त्यो व्यवहारमा कहिले पनि लागू नहुने बताए ।

उनले भने, ‘बजेटमा एउटा कुरा नराम्रो तरिकाले उल्लेख हुन्छ त्यो शब्द आवश्यक बजेट व्यवस्था गरिने छ, बजेटमा बडो शब्द आउँछ ।  आवश्यक बजेट विनियम गर्छु, आवश्यक रकम व्यवस्था गर्छु यी तीन वटा शब्दहरु छ । बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न वृद्धा आश्रमको स्थापना गरिने छ । भनेरे बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले एक वर्षपछि यो बन्छ कि बन्दैँन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?