कोशी प्रदेश विवादको रिट पूर्ण सुनुवाइमा पठाइयो

लोकपथ
77
Shares

काठमाडौं । कोशी प्रदेश सरकार गठन सम्बन्धमा दायर रिट पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।

बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा कोशी प्रदेश विवादको मुद्दा पूर्ण इजलासबाट सुनुवाइ हुनु वाञ्छनीय रहेको भन्दै वपूर्ण इजलासमा पठाउने आदेश भएको हो ।

कोशी प्रदेश विवादको विषय संवैधानिक व्याख्या र नवनियुत्तः मुख्यमन्त्रीले काम गर्न मिल्ने हो कि होइन सो विषयमा समेत छिटो निरुपण हुनु आवश्यक देखिएको भन्दै आगामी जेठ २७ गतेका लागि पेसी तोक्न आदेश भएको निवेदक केदार कार्कीका अधिवक्ता रुपेश कोइरालाले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?