कोसी प्रदेश विवादको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

लोकपथ
70
Shares

काठमाडौं । कोसी प्रदेश सरकार गठन विवादका सम्बन्धमा दायर रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ ।

कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि हरिप्रसाद फुयालको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो भने प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मिसिल कागज झिकाउने आदेश दिएको थियो ।

आफूलाई संविधानविपरीत मुख्यमन्त्रीबाट हटाएर एमालेका हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री बनाइएको विषय संविधान विपरीत रहेको भन्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि एमालेसहितको दलका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्की आफू दलीय हिसाबले नभई सांसदको हैसियतमा अन्य सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेको र आफूलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने बताउँदै आएका छन् ।

आफूलाई समर्थन गर्ने काँग्रेस र एमालेले विश्वासको मत फिर्ता लिएर संकल्प प्रस्तावमार्फत् नयाँ मुख्यमन्त्री चयन गरिएको भन्दै हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय उत्प्रेषणको आदेशबाट बदर गराई आफूलाई मुख्यमन्त्री बनाउन परमादेशको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?