आईसीसी टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवन पुगे रास्वपाका सांसदहरू

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आईसीसी टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवन पुगेका छन्।

रास्वपाका सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका हुन् ।

नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले बताए ।

उनीहरुले संसद् भवन प्रवेश गर्नु अघि सामूहिक तस्बिर समेत खिचाएका छन्।

नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?