युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

लोकपथ
2.1k
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ । समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । निकै नै उत्कृष्ट सुरुवात गरेको अफगानिस्तानले मध्य क्रममा भने बलियो योगफल तयार पार्न भने सकेन । पहिलो विकेटका लागि अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले १५४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पहिलो विकेटको रुपमा १४.३ ओभरमा इब्राहिम जर्दानले ४६ बलमा एक छक्का र ९ चौका प्रहार गर्दै ७० रनको पारि खेलेर आउट भए । त्यसलगत्तै अफगानिस्तानले दोस्रो विकेट गुमाउन पुग्यो । दोस्रो विकेटको रुपमा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७६ रन जोडेका थिए । उनले चार चौका र चार छक्का प्रहार गरे । तेस्रो विकेटको रुपमा नजिवुल्लाह जर्दान २ रन बनाएर आउट भएका थिए भने गुलावदिन नइबले ४ रन जोडे । अज्मतुल्लाह ओमरजाइले ५ रन बाएर पाँचौं विकेटको रुपमा पभेलियन फर्किएका थिए । मोहमद नावी १४ तथा कप्तान राशिद खान २ रनमा नटआउट रहे । युगान्डाका कसमस केयुटा र बरिन मसाबाले दुई दुई विकेट लिए ।

१८४ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको युगान्डा कुनै पनि बेला हावी भएन । लगातार विकेट पतन हुँदा १६ ओभरमा ५८ रनमा समिेटियो । युगान्डाका रोविनसन ओबुयाले सर्वाधिक १४ रन जोड्दा रिजत अलि साहले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भए । चार खेलाडीले खाता पनि खोल्न सकेनन् ।

युगान्डालाई सस्तैमा रोक्ने क्रममा फजलहक फारुकीले ५ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट हात पारेका हुन् । यसैगरी नभिन उल हक र रासिद खानले दुई दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?