भारतको लोकसभा निर्वाचन : बीजेपीले २०१ स्थानमा अग्रता लिँदा कांग्रेस आई ८० सिटमा अगाडि

लोकपथ
784
Shares

काठमाडौं । भारतमा जारी लोकसभा चुनावको मतगणनाको.प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता लिएको छ ।

स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेदेखि सुरू भएको मतगणनाअनुसार, २०१ स्थानमा भारतीय जनता पार्टीले अग्रता लिएको छ । कंग्रेस आई ८० सिटमा अगाडि देखिँदा समाजवादी पार्टी ३० स्थानमा अगाडि छ ।

अब केही घण्टामै नतिजाको विस्तृत जानकारी आइसक्ने छ । गुजरातको सुरत सिटमा भारतीय जनता पार्टीका मुकेश दलाल निर्विरोध निर्वाचित भइसकेका छन् । त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका थिए।

बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ । यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो ।

भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?