धेरै भोट पाउने गीत ‘तुझे देखा तो यो जाना सनम’

लोकपथ
322
Shares

मुम्बई । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को गीत ‘तुझे देखा तो ये जाना सनम’ बेलायतमा सर्वाधिक रुचाइएकोमा परेको छ । बलिउड निर्माता आदित्य चोपडाको उक्त फिल्मको गीतलाई बीबीसीले ९० को दशकको लोकप्रिय बलिउड गीतका रुपमा छनोट गरेको हो ।

यो फिल्मले बलिउडको इतिहासमा सर्वाधिक लामो समयसम्म प्रदर्शनको रेकर्डसमेत राखेको छ । यो फिल्म अहिले पनि मुम्बईको प्रतिष्ठित मराठा मन्दिर थिएटरमा हरेक दिन देखाइन्छ ।

बीबीसीको एसियाई नेटवर्कले स्रोताहरुलाई ५० दाबेदारीको सूचीमा ९० को दशकको सर्वश्रेष्ठ बलिउड गीत छनोट गर्नका लागि निमन्त्रणा गरेको थियो । स्टेसनका प्रस्तुतकर्ता हारून रशीद, निकिता काण्डा, गगन ग्रेवाल र नादिया अलीसँगै उद्योग विशेषज्ञ असीम बर्नी, अमृता तन्ना र करण पंगालीले गीतहरुको सर्ट लिस्ट तयार पारेका थिए ।

जसमा फिल्म ‘ये दिल्लगी’को ‘ओले ओले’देखि लिएर ‘खामोशीः द म्यूजिकल’को गीत ‘बाहों के दरमियान’ जस्ता गीत थिए । यद्यपि अधिकांशले सन् १९९५ को ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को ‘तुझे देखा तो ये जाना सनम’लाई भोट गरेका थिए ।

डीडीएलजे राज भन्ने युवकको कथा हो, जुन चरित्रमा अभिनेता शाहरुख खान छन् र फिल्ममा काजोलले सिम्रनको भूमिका निर्वाह गरेकी छन् । यी दुवै लण्डनमा बस्ने भारतीय हुन्छन् । यो गीतमा कुमार सानु र लता मंगेशकरको स्वर छ । यो गीत यो दशकको संगीत स्ट्रीमिङ प्लेटफर्मममा सर्वाधिक बज्ने गीतमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?