सेयर बजारमा ३.९७ अंकको गिरावट, लघुवित्तबाहेक सबै घटे

लोकपथ
112
Shares

काठमाडौं । साताको पहिलो दिन बढेको सेयर बजारले दोस्रो दिन लगानीकर्तालाई निराश पारेको छ । सोमबार बजार ३.९७ अंकले घट्दै २०७९.०७ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ ।

८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार एक्लै २.४३ प्रतिशतको बढोत्तरीले बजार थामेको लघुवित्तउपसमूह बाहेक सबै घटेका छन् । १२९ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक नोक्सानमा एनआइबीएल स्टेबल फण्डका लगानीकर्ता छन् । उक्त सामूहिक लगानी कोषको सेयरमूल्य घटेर नकारात्मक सर्किट नै लागेको छ । यस्तै सेयरमूल्य घट्ने कम्पनीहरुका मनकामना इन्जिनियरिङ हाइड्रोपावर, कालिञ्चोक दर्शन, राप्ती हाइड्रो, सुपर मादी हाइड्रोपावर लगायत छन् ।

घटेको बजारमा पनि ११० कम्पनीको सेयर मूल्य भने बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य भने सर्किटस्तरमा बढेको छ । उक्त कम्पनीको सेयरमूल्य ९.६६ प्रतिशतले बढेको हो । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर छ । उक्त कम्पनीको १४ करोड ८५ लाखको सेयर कारोबार भएको छ । यस्तै पोखरा फाइनान्सको १३ करोड ८६ लाख, ग्रनीन भेञ्चर लिमिटेडको १२ करोड ४० लाख, नेपाल फाइनान्सको १० करोड ७ लाख, हिमालयन लघुवित्तको १० करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?