भारतमा ग्यास लिक हुँदा जलेर एकै परिवारका पाँच नेपालीको मृत्यु

लोकपथ
33k
Shares

कैलाली । खाना पकाउने ग्याँस लिक हुँदा जलेर भारतको बैंग्लोरमा पाँच नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना रहेको खुलेको छ ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका ती पाँचै जनाको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको बताइएको छ । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको थियो । सलाई बाल्ने क्रममा सबै जना एक्कासी आगोको लपेटामा परेका थिए । लगत्तै पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

सोमबार बिहान घाइतेमध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । ३० वर्षीया प्रेमजलाको भने शनिबार साँझ मृत्यु भएको थियो । आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको पनि त्यसभन्दा अघि नै मृत्यु भएको थियो ।

मदन बैग्लोरको एउटा अपार्टमेन्टमा चौकीदारको काम गर्थे । उनकी श्रीमती स्थानीयको घरमा सरसफाइको काम गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?