फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

ठगी, आपराधिक विश्वासघात, एक्सटर्सन तथा आपराधिक लाभमा उनीमथि मुद्दा परेको थियो ।

लोकपथ
357
Shares

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, उनलाई आज सोमबार केहीबेर अघि बालुवाटारबाट पक्राउ गरिएको हो ।

उनीविरूद्ध ठगी, आपराधिक विश्वासघात, एक्सटर्सन तथा आपराधिक लाभ मुद्दामा प्रहरी वृत्त बौद्धमा मुद्दा थियो । त्यसपछि उनीमाथि पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहँदै आएका थिए ।

फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आर्थिक नोक्सानी पुर्याएको भन्दै गत साउन १० गते जाहेरी दिएका थिए ।

आजदेखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?