‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

लोकपथ
962
Shares

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

फिल्ममा यसअघि नै प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, अञ्जना बराइली, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् ।

फिल्ममा बाल कलाकारद्वय जान्भी पौडेल र स्वायम केसीको पनि अभिनय रहनेछ । फिल्ममा सरोज पौडेलको लेखन र निर्देशन रहनेछ । फिल्मले गन्धर्व परिवारको कथा बोल्नेछ । फिल्म यसै साता सुटिङका लागि फ्लोरमा जानेछ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ । फिल्म आउँदो वर्ष रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?