सांसद रायले गरे बजेटको प्रशंसा

लोकपथ
105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले बजेट यथार्थपरक, लोकप्रिय, सन्तुलित र समाजवाद उन्मुख रहेको भनेर प्रशंसा गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले यो बजेटले सबै क्षेत्रबाट साथ प्राप्त गरेको भन्दै बजेट नेपाली जनताको आशाको बजेट भएको बताए ।

उनले भने, ‘नेपालमा यो बजेट मलाइ लाग्छ, स्वागत योग्य छ, यथार्थपूरक, लोकप्रिय छ, सन्तुलित छ र समाजवाद उनमुख छ । हाम्रो पार्टीको तर्फबाट म समर्थन गर्दछु । यो बजेटलाई सबै क्षेत्रबाट साथ प्राप्त भएको हुनाले नेपाली जनताको आशाको बजेट पनि हो ।’

यस्तै, उनले सुशासन, समृद्धि र सामाजिक न्यायको १६ वर्षको योजनामा नेपाल सरकारले स्वीकृती दिएको भन्दै यसले जनताको जीवनमा परिवर्तन ल्याउने विश्वास लिएको बताए ।

उनले भने, ‘यो बजेट सुशासन, समृद्धि र सामाजिक न्यायको १६ वर्षको योजनामा नेपाल सरकारले जुन स्वीकृती गरेको छ । यसले नेपाली जनताको जीवनमा एउटा अमूल्य परिवर्तन ल्याउने विश्वास लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?