न्युरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

लोकपथ
1.2k
Shares

काठमाडौं । न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौं नगर प्रहरीबीच विवाद भएको छ ।

केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउनेभन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

पछिल्लो समय न्युरोडमा फुटपाथ बढाउने विषयमा काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद बढिरहेको छ। बालेनले त्यहाँ सडक विभागको मापदण्ड अनुसार नै आफूले फुटपाथ बढाउन लागिएको दाबी गरे पनि त्यसलाई विभागले भने रोकिरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?