हिमाल हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

लोकपथ
266
Shares


काठमाडौं । काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटल(एचएच)र प्रभु बैंक लिमिटेड बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हिमाल हस्पिटल(एचएच) का तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ । उक्त समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटल(एचएच)का मूख्य प्रशासन अधिकृत राजेन्द्र के.सी. को समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?