थ्रि स्टार क्लबसँग टाइटान जिमको सम्झौता

लोकपथ
7
Shares

काठमाडौं । थ्रि स्टार क्लबसँग टाइटन जिमले सम्झौता गरेको छ । ललितपुरको कुमारीपाटीस्थित टाइटान जिम एन्ड फिटनेसले छैटौँ वर्ष पूरा गरेर सातौँ वर्ष सुरु गरेको अवसरमा उक्त सम्झौता गरेको हो ।

कार्यक्रममा सुप्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य, ललितपुर नगर पालिकाका मेयरका पिए ईन्द्र बज्राचार्य, ललितपुर १४ वडाका अध्यक्ष अमृज जङ्ग महत, ललितपुर १६ वडा अध्यक्ष निर्मल रत्न शाक्य, डा. सुनिता मलेकु, डा. कपिन्द्र शेखर अमात्य, रिद्दिरत्न शाक्य र थ्रि स्टार क्लबका अध्यक्ष ज्ञान बहादुर शाक्य प्रमुख अतिथिका रुपमा थिए ।

टाइटान जिमले थ्रि स्टार क्लबसँग उनीहरूको फुटबल गेम हुने समयमा फिटनेसको ट्रेनिङ दिने र त्यसबापत क्लबले जर्सीमा टाइटनको लोगो क्यारी गर्नुपर्ने एमओयू साइन गरेको छ ।

सबै अतिथिहरुले जिमलाई बधाई ज्ञापन गर्दै आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । उनीहरुले आजको यस समयमा झन् सबैले स्वास्थ्यप्रति सचेत रहनुपर्ने र दैनिक व्यायाम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

जिमका सञ्चालक तथा नेपाल शारीरिक सुगठनका इन्टरनेशनल जज समेत रहेका सुनिल राजकर्णिकार र उनकी धर्मपत्नी इरेन श्रेष्ठले सबै अतितिथिहरुका खादा ओढाएर स्वागत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?