ओलीप्रति बालेनको कटाक्ष– गिरीबन्धुको कर्तुत लुकाउन अरु काण्ड ल्याएर जनता नझुक्याउनुस् 

लोकपथ
728
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले ओली जोडिएको झापास्थित गिरीबन्धु टी–स्टेटको जग्गाको विषय लुकाउन विभिन्न काण्डहरु बाहिर ल्याएको भन्दै कटाक्ष गरेका हुन्।

करोडौँको चलखेल हुने उक्त जग्गा प्रकरणबारे ओली नेतृत्वको सरकारले गरेको जग्गा साटफेर गर्न पाउने निर्णयमा सर्वोच्चले यसअघि नै अनुचित लेनदेन भन्दै उक्त निर्णय उल्टयाइदिएको छ। तर ओलीले आफ्नो कर्तुत लुकाउन न्युरोडमा काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन लाग्दा भौतिक पूर्वाधार मन्त्रालयले रोकेको विषयलाई जोडेर कटाक्ष गरेका हुन्।

‘१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ उनले भनेका छन्, ‘यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ।’

त्यसैगरी त्यस्तै आफ्नो पार्टी सत्तामा रहेका बेला न्युरोड लगायत अन्य ठूला आयोजना सम्पन्न गर्न आग्रह गर्दै गिरीबन्धु जग्गा प्रकरणमा पीडितहरुको पैसा समयमा फिर्ता गर्न सुझाव दिएका छन्। नभएमा अन्य कोही व्यक्तिले त्यसको फाइल पल्टाएर दोषी करार गर्ने चेतावनी दिएका छन्।

‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ। अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ बालेनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?