संसद्का दुवै सदनमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने

लोकपथ
35
Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । हिजोदेखि जारी छालफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ।

यसैगरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?