नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलियो

लोकपथ
0
Shares


काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ । ११० रनको लक्ष्य पाएको नामिबियाले निर्धारित २० ओभरमा १०९ रन मात्रै जोड्न सक्यो ।

अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाखिएको थियो । उसको हातमा ६ विकेट बाकी नै
थियो । तर पहिलो र तेस्रो बलमा नामिबियाले विकेट गुमाएकाले उसको खेलको सन्तुलन नै बिग्रियो । यति हुँदा पनि अन्तिम ३ बलमा नामिबियालाई ५ रन चाहिन्थ्यो । चौथो बलमा १ रन र ५ औँ बलमा २ रन उसले जोड्यो । अब अन्तिम बलमा जितका लागि २ रन आवश्यक थियो । तर, यसले एक रन मात्र जोड्यो ।

अन्तिम बल ओमानका मेहरान खानले प्रहार गरेका थिए । उसको बलमा डेबिट वाइजी बिट भएपछि १ रनका लागि दगुरे । ओमानसँग रन आउटको सजिलो मौका थियो तर फिल्डरले नजिकैबाट पनि विकेट ढाल्न सकेनन् । फलस्वरुप नामिबियाका ब्याट्सम्यानले १ रन पूरा गरे । दुबैको रन बराबर भएपछि खेल सुपर ओभारमा धकेलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?