ब्ल्याकमेलिङ र साइबर अपराधको कसुरमा तारा बराल पक्राउ

लोकपथ
1.3k
Shares

काठमाडौं । साइबर अपराध र ब्ल्याकमेलिङको कसुरमा अभियान्ता तारा बराल पक्राउ परेकी छिन् । बराललाई आइबतार बिहान साइबर ब्यूरोले पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरुको अडियो स्वरांकन गरी र गर्न लगाई बार्गेनिङ र ब्ल्याकमेलिङ गरेको, चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेको कसुरमा बराललाई पक्राउ गरिएको हो ।

आफूलाई तारा बराल लगायतका समूहले बारम्बार बार्गेनिङ गरेको भन्दै एक पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । ति पीडितका सम्बन्धमा नक्कली अडियो तयार पारी स्वरांकन गरिएको र सोही अडियोका आधारमा ब्ल्याकमेलिङ गरिएको भन्दै उजुरी परेपछि बराललाई पक्राउ गरिएको हो ।

साइबर ब्यूरोका प्रमुख डीआइजी नविन्द अर्यालले बराल पक्राउ परेको पुष्टि गरे । बराललाई आइतबार नै काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद प्राप्त भएको छ ।

साइबर ब्यूरोले अनुसन्धानका लागि १० दिनको समय माग गरेको भएपनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला थापाले बरालको अन्य मुद्दा पनि विचाराधीन रहेको र हालको मुद्दा पनि गाली बेइज्जतीसँग सम्बन्धित रहेको भन्दै उनलाई एक दिनको मात्रै म्याद दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?