प्रदीप पौडेललाई तनहुँ २ मा टिकट दिन किन ढिलाई ?

काठमाडौं— क्षेत्रीय कमिटीले सर्वसम्मत निर्णय गरेको भएपनि केन्द्रले तनहुँ  प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारी टुंगो लगाउन ढिलाई गरेको छ क्षेत्रीय कमिटीले      केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेललाई सर्वसम्मत  उम्मेदवार सिफारिश गरेको थियो । उनी सो क्षेत्रको सशक्त उम्मेदवार हुन् यसो त पौडेल क्षेत्र नम्बर २ बाट एक मात्र केन्द्रिय सदस्य हुन् भने  केन्द्रिय सदस्य पदमा पनि ६ औ लोकप्रिय मतका सात  निर्वाचित,  जुझारु र विकासप्रेमी नेता हुन् । यी नै कारणले  गर्दा पौडेलले टिकट पाउनुपर्ने कार्यकर्ता बताउँछन् सार्वजनिक पदमा नहुदाँ पनि युवा नेता पौडेलले विभिन्न योजनाहरु लगेर  उक्त क्षेत्रमा विकास निर्माणका योजनाहरु सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको स्वय स्थानीयबासीहरु बताउँछन् तनहुँले पटक पटक मन्त्री पाए पनि हालको क्षेत्र नं २ मा भने विकास निर्माणमा प्रदीप बाहेक कसैले चासो  देखाएका थिएनन् बरिष्ठ नेता रामचन्द्र पोडेल, गोविन्दराज जोशी, शंकर भण्डारी लगायतका व्यक्तिहरु मन्त्री हुदाँ पनि हालको क्षेत्र नं १ लाई मात्रै प्राथामिकता दिएकोले क्षेत्र नं २ का बासिन्दाहरु रुष्ट हुदै आएका थिए । अरु नेताको तुलनामा पौडेलले  जनताको मत तिजेकाले स्थानीय बासिन्दाहरुले उनलाई  सहयोग गर्ने बताएका छन् अरु नेताले  राजनीतिक समस्यालाई समाधान गर्नका लागि मात्रै क्षेत्र नं २ लाई उपयोग गर्ने गरेको, जिल्लामा आएको बजेट पनि समान ढंगले वितरण नगरेको, क्षेत्र नं २ मा नेता खोज्ने काम कसैबाट नभएको लगायतका विविध कारणले गर्दा क्षेत्रिय अस्तित्व कायम गर्न बाहिरबाट आयतीत नेतालाई बहिष्कार गरी प्रदीप जस्तो स्थानीय नेतालाई पहिलो प्राथामिकतामा राख्नुपर्ने क्षेत्र नं २ का बासिन्दाहरु बताउँछन् क्षेत्रिय समितिले सिफारिस गरी पठाएको नेतालाई नै टिकट दिनुपर्ने कार्यकर्ताको चर्को माग छ स्थानीयको भावनाअनुसार केन्द्रले पनि निर्णय गर्नुपर्नेमा दवाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?