सानिमालाई कर्पोरेट वुमन बिच क्रिकेट २०२४ को उपाधि

लोकपथ
221
Shares

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन बिच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ ।

जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको बिजेता सिटिजन्स बैँकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो ।

टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्कीले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए ।

विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन बिच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीले बधाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?