अनन्यासँगको ब्रेकअपको खबरमा आदित्यले तोडे मौनता

लोकपथ
1.9k
Shares

काठमाडौं । बलीउड अभिनेता आदित्य रोय कपुर यतिबेला चर्चामा छन् । उनी यतीबेला अनन्या पाण्डेसँग ब्रेकअप गरेको खबरले चर्चामा आएका हुन् ।

उनीहरुको ब्रेकअपको खबर बाहिरीएसंगै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू अनन्या र आदित्यको ब्रेकअपको कारण जान्न खोजिरहेका छन् । हालैको एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘सोसल मिडियामा मेरो बारेमा कसले के भन्छ वा के लेखिरहेको छ त्यसमा म खासै ध्यान दिँदिनँ । म जीवनमा सकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्न चाहन्छु। आदित्य रोय कपुर आफ्नो जीवन आफैमा राख्नमा विश्वास गर्छन्।

‘आशिकी २’ स्टार आदित्य रोय कपुरले थप भने, ‘म आफ्नो कुरा आफैसँग राख्छु । म सधैं यस्तै हुँ। म व्यक्तिगत जीवनमा पनि शान्त व्यक्ति हुँ। म चाहन्न कि मेरो जीवनको बारेमा सबैलाई थाहा होस्। म धेरै निजी व्यक्ति हुँ।

आदित्य रोय कपुर आफ्नो सम्बन्धको बारेमा कुरा गर्न मन नपराउने बताए। यस विषयमा कुरा गर्दै अभिनेताले भने, ‘मानिसले जे भन्न चाहन्छ, त्यही भनिरहनुपर्छ । उहाँहरुले के बोल्नुहुन्छ वा लेख्दै हुनुहुन्छ भन्नेमा म खासै ध्यान दिदिनँ । उनीहरूले जे चाहन्छन् सोंच्न दिनुहोस्, म मेरो शान्तिमा खलल पार्न चाहन्न।

अनन्या पाण्डे र आदित्य रोय कपुर यसै वर्षको मार्चमा अलग भएका छन् । अलग भएपनि दुवैले एकअर्कासँग सौहार्दपूर्ण भावना कायम राख्न खोजिरहेका छन् । उनीहरूले यो अवस्थालाई परिपक्वताका साथ सामना गर्न खोजिरहेका छन्। अनन्या आफ्ना साथीहरूसँग समय बिताएर मनोरञ्जन गर्ने प्रयासमा छिन्। हाल उनी अनन्त अम्बानीको प्रि-वेडिङ कार्यक्रममा सहभागी हुन इटाली पुगेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?