स्पेनिश रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

लोकपथ
756
Shares

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

कार्भाजालले ७४ औं मिनेटमा टोनी क्रुजको सहयोगमा हेडर गोल गर्दै रियलको गोलको खडेरी तोडेका थिए । यस्तै, ८३ औं निेटमा जुड बेलिङघमले दिएको पासलाई जुनियरले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए ।

त्यसपछि थप गोल नभएपछि रियल मड्रिडले च्याम्पियन्स लिगको १५ औं उपाधि जित्न सफल भयो । सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको जर्मन क्लब डर्टमन्ड भने उप विजेतामा सिमित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?