पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सञ्चालन गराउने प्रयास जारी

लोकपथ
1k
Shares

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खसेको छ । पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जनाएको छ ।

शनिबार राति ७ बजे पनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आइतबार बिहानै पुनः पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?