कोशी नदी हुँदै तस्करी गर्न लागिएको २ सय ८० किलो गाँजा सशस्त्रद्वारा बरामद

लोकपथ
1.1k
Shares


काठमाडौं । सशस्त्र प्रहरीले आइतबार बिहान करिव ७ बजे उदयपुरको बेलका नगरपालिका–८ सिसौलीघाटबाट सशस्त्र
करिव २ सय ८० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा सिसौली घाटको जंगलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो । सो क्रममा सशस्त्र प्रहरीले २ थान ट्युब र सानो ठेला गाडा १ थानसमेत बरामद गरेको छ ।

सो गाँजा ट्युबसहित भएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको छ । बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?